No products in the cart.

एक जमाना थियो, मान्छेहरुले जुत्तालाई ‘खुट्टामा लगाउने चिज मात्रै त हो नि!’ भनेर अन्डरइस्टिमेट गर्थे। तर अहिलेको जमाना त्यस्तो छैन। अहिले त तपाईंको व्यक्तित्वको मूल्याङ्कन नै जुत्ताबाट हुन्छ। अर्थात् यो पनि भन्न सकिन्छ कि तपाईंले लगाएको जुत्ताले तपाईंको व्यक्तित्व र हैसियतको मूल्याङ्कन हुन्छ।
इम्याजिन गर्नुहोस् कि कुनै मानिस एउटा भव्य पार्टीमा पुगेको छ। प्रिमियम देखिने टाइ–सुटमा ठाँटिएको छ, तर खुट्टामा रनिङ सुज छ! त्यो मानिसलाई देख्यो भने तपाईंको मनमा कस्तो विचार आउँछ होला? तपाईंले मनमनै भए पनि भन्नुहुन्छ कि ‘छ्या…! कस्तो मान्छे हो यो!?’
पार्टीमा मात्र होइन, तपाईंले लगाउने जुत्ताको ‘स्टाइल’ र प्रकारले हरेक ठाउँमा तपाईंको व्यक्तित्वका लागि ‘इम्प्रेसन क्रिएट’ गरिरहेको हुन्छ। चाहे मर्निङ वाक होस् वा कार्यालय समय। वा साथीहरुसँगको घुमघाममा नै किन नहोस्, तपाईंको जुत्ता र ड्रेसअप सेन्स मिलेको छ भने तारिफ हुन्छ, मिलेको छैन भने मजाक बन्छ।
अवसर र समयानुसार जुत्ता लगाउनाले तपाईंको आउटफिट त पूर्ण हुन्छ नै, यसले तपाईंको व्यक्तित्व, आत्मविश्वास र अवसरअनुसारको तयारी पनि जनाउँछ।
तपाईंको व्यक्तित्व र हैसियतकै मूल्याङ्कन गर्ने जुत्तालाई अब कम आक्न त मिल्दै मिलेन। त्यसोभए एकजना पुरुषले आफ्नो व्यक्तित्वअनुसार कस्ता–कस्ता जुत्ता लगाउनुपर्छ, अथवा उसँग कस्ता कस्ता जुत्ता हुनुपर्छ त?
हामीले यो ब्लगमा हरेक पुरुषका लागि आवश्यक ५ प्रकारका जुत्ताको सम्पूर्ण विवरण प्रस्तुत गरेका छौं। साथै, स्टाइल सुझाव, उपयुक्त मौसम र केयरिङ टिप्स पनि छ।
ह्वाइट (सेतो) स्निकरहरू: हरेक दिनको हिरो!
ह्वाइट स्निकरको सामान्य स्टाइलले पनि तपाईंको व्यक्तित्वमा अलग्गै चार्म ल्याइदिन्छ। यस्ता स्निकर स्टाइलिश, साधारण, र धेरै प्रकारका लुक्समा फिट हुने हुन्छन्।
मिल्ने लुगा: जिन्स, चिनो, ट्र्याकप्यान्ट, सर्ट्स, क्याजुअल ब्लेजरहरू।
उपयुक्त मौसम: वसन्त र गर्मी, तर जुनसुकै सिजनमा पनि प्रयोग गर्न मिल्छ।

स्टाइल सुझाव: सफा र चम्किलो राख्नुस् किनकि ह्वाइट स्निकरको आकर्षण नै सफाइमा हुन्छ।
केयरिङ टिप्स: हल्का साबुन पानी र ब्रस प्रयोग गरी सफा गर्न सक्नुहुन्छ। धुलोबाट बचाउन बाकस वा डस्ट ब्यागमा राख्नुस्।
लोफर सुज: स्मार्ट क्याजुअलको राजा!
फर्मल देखिने, तर कम्फर्ट महसुस गर्न चाहनेको लागि उत्तम विकल्प हो।
प्रकारहरू: पेनी लोफर, टासेल लोफर, बिट लोफर।
मिल्ने लुगा: चिनो, ड्रेस प्यान्ट, बिना मोजा (नो-शो सक्स)।
उपयुक्त मौसम: वसन्त, गर्मी र शरद मौसमको सुरुवाती महिना।

स्टाइल सुझाव: सेमी फर्मल लुकका लागि चम्किलो छालाका लोफर। क्याजुअल लुकका लागि साबर लोफरहरु प्रयोग गर्नुहोस्।
केयरिङ टिप्स: छालाको लागि पोलिस प्रयोग गर्नुहोस्, साबरका लागि ब्रस प्रयोग गर्नुहोस्। लोफरको सेपलाई मेन्टन गर्न ‘शु ट्री’ प्रयोग गर्नुहोस्।
चेल्सी बुट– सदाबहार चल्ने स्टाइल!
चेल्सी बुटहरू स्टाइलिश त हुन्छन् नै यिनीहरु लगाउनका लागि सजिलो पनि हुन्छ। चेल्सी बुटहरु औपचारिक तथा क्याजुअल दुबै लुक्समा काम लाग्ने हुन्छन्।
प्रकार: फर्मल ड्रेसअपका लागि छालाको चेल्सी बुट प्रयोग गर्न सक्नुहुन्छ। क्याजुअल लुक्सका लागि साबरका चेल्सीबुट उपयुक्त हुन्छन्।
मिल्ने लुगा: कालो जिन्स, कोट, टर्टलनेक, ट्राउजर।
उपयुक्त मौसम: शरद र जाडो मुख्य, तर हलुका साबिका जोडी वसन्तमा पनि मिल्छ।

स्टाइल सुझाव: कालो छालाको चेल्सी बुट फर्मल पोशाकमा पनि उपयुक्त हुन्छ।
केयरिङ टिप्स: वाटरप्रुफ बनाउने स्प्रे प्रयोग गर्नुस्। नियमित पोलिस र स्टोरेजमा ध्यान दिनुस्।
ड्रेस सुज– फर्मल लुकको फाउन्डेसन
औपचारिक समारोह, अफिस मिटिङ, अन्तर्वार्ता वा विवाहजस्ता इभेन्टहरूमा ड्रेस जुत्ता अनिवार्य नै हुन्छ।
प्रकार:
अक्सफोर्ड: अधिक औपचारिक।
डर्बी: अलिकति कम फर्मल, तर बहुपयोगी।
मिल्ने लुगा: सूट, ब्लेजर, औपचारिक पोसाक।

उपयुक्त मौसम: सबै मौसममा उपयुक्त हुन्छ। तर बर्सात र हिउँदमा विशेष ध्यान दिनुपर्छ।
स्टाइल सुझाव: अधिक फर्मल ड्रेसअपका लागि कालो रंग। भर्सटाइल लुक्सका लागि खैरो रंग।
केयरिङ टिप्स: नियमित पोलिस गर्नुहोस्। जुत्ताको सेप मेन्टन गर्न ‘शु ट्री’को प्रयोग गर्नुहोस्।
रनिङ वा एथ्लेटिक सुज: स्वास्थ्य र सक्रियताका लागि
किन आवश्यक: तपाईंको शरीरको सपोर्ट र फिटनेसको लागि यी जुत्ता अनिवार्य हुन्।
प्रकार: रनिङ, जिम, ट्रेन्डिङ सुज।
मिल्ने लुगा: स्पोर्टसवेयर, ट्र्याकप्यान्ट, टी-शर्ट।
उपयुक्त मौसम: सबै मौसमका लागि उपयुक्त।

स्टाइल सुझाव: कालो वा सेतो रंगमा लिएमा दैनिक क्याजुअल लुकमा पनि फिट हुन्छ।
हेरचाह: प्रयोगपछि सुकाउन राख्नुस्, समय-समयमा तलुवा र सोल सफा गर्नुस्। ६ देखि १२ महिनामा नयाँ जोडी सोच्नुपर्छ।
पूर्ण जुत्ताको संग्रह बनाउने तरिका
सुरुमा यी ५ प्रकारबाट सुरु गर्नुहोस्, अनि आफ्नो जीवनशैलीअनुसार हाइकिङ बुट, चप्पल, मंक स्ट्र्याप आदि थप्न सक्नुहुन्छ।
गुणस्तरमा लगानी गर्नुहोस् — राम्रो जुत्ता लामो समय टिक्छ र तपाईंको लुकमा निखार ल्याउँछ।
जुत्ताहरू फेरी, फेरी प्रयोग गर्नुहोस् ताकि दीर्घकालीन रूपमा प्रयोग गर्न सकियोस्।
अवसर अनुसारको जुत्ता लगाउनुहोस्— यो तपाईको फेशन बुझाइको संकेत हो।
यी पाँच प्रकारका जुत्ताहरू सँगै राख्दा तपाईं स्टाइल, सुविधा, र अवसर अनुसार सधैं तयार रहन सक्नुहुन्छ।